Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रेशम चौधरीलाई पक्राउ गर्नेसम्बन्धी पत्र आधिकारिक होइनः सर्वाेच्च(विज्ञप्ती सहित)


रेशम चौधरीलाई पक्राउ गर्नेसम्बन्धी पत्र आधिकारिक होइनः सर्वाेच्च(विज्ञप्ती सहित)

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्नेसम्बन्धी पत्र आधिकारिक नरहेको जनाएको छ । सर्वोच्चको पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति निकालेर सर्वोच्चका कर्मचारीले अनधिकृत पत्र लेखेको जानकारी गराए ।

विज्ञप्तिमा अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाही प्रक्रिया शुरू भएको उल्लेख छ । सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिँदै पक्राउ गर्न पत्र लेखेका थिए । पत्र अनधिकृत रहेको पाइएपछि प्रहरीले विष्टलाई पक्राउ गरिसकेको छ ।

सर्वोच्च अदालतले चौधरीलाई थुनामुक्त गर्न प्रहरीलाई पत्र पठाइसकिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।