Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चीनले अमेरिकी सामानहरूमा थप कर लगाउने घोषणा


चीनले अमेरिकी सामानहरूमा थप कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिको विरोधमा चीनले अमेरिकी सामानहरूमा थप कर लगाउने घोषणा गरेको छ । चीनले अर्को हप्तादेखि अमेरिकी सामानहरूमा थप ३४ प्रतिशत कर लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ । चिनियाँ अर्थ मन्त्रालयले आफ्ना उत्पादनहरूमा अमेरिकी कर ‘अन्तर्राष्ट्रिय व्यापार नियमहरूसँग मेल नखाने’ बताएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि ५४ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यसमा पहिलेदेखि नै लागू भइसकेका करहरू पनि समावेश छन् । अमेरिकी करबाट चीन सबैभन्दा धेरै प्रभावित हुने देशहरूमध्ये एक हो ।

राष्ट्रपति ट्रम्पले एक सय ८५ वटा देशका लागि घोषणा गरेको ‘रेसिप्रोकल’ अर्थात् पारस्परिक भन्सार दर अनुसार १० प्रतिशत शुल्क भोलिदेखि र अन्य शुल्क अप्रिल ९ देखि शुरू हुनेछ ।