Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

सरकारले केरा आयातमा गर्याे कडाइ


सरकारले केरा आयातमा गर्याे कडाइ

काठमाडौं, असोज ९। केरामा ‘पानामा’ रोग फेला परेपछि सरकारले केरा आयातमा सतर्कता अपनाउन लागिएको छ। भारतबाट विभिन्न नाका हुँदै नेपाल भित्रिने केराको माध्यमबाट रोग पनि भित्रिन सकिने सम्भावना भएकाले त्यसका लागि सतर्कता अपनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ । कैलालीको टीकापुरमा ‘टिआर–४ पानामा’ फेला परेपछि देशैभर सतर्कता अपनाउन कृषि मन्त्रालयले सर्कुलर जारी गरेको छ। भारतबाट हुने केरासँगै रोग भित्रिन नदिन अहिले नेपालभरिका नाकामा रहेका प्लान्ट क्वारेन्टाइनले उच्च सतर्कता अपनाएको मन्त्रालयले बताएको छ।

केरा लोड गरी आएका गाडीलाई भन्सार परिसरमै टायर सफा गर्ने र उताबाट आएको माटो कतै टाँसिएर रहेको नरहेको सुनिश्चित भएपछि मात्र नाकाबाट गाडी पठाउने गरेको छ। यो सबै काम प्लान्ट क्वारेन्टाइन कार्यालयले गर्ने गरेको छ। करिब १४ वर्षअघि नेपालमा पानामा रोगको रेस–१ भारतबाट भित्रिएको अनुमान गरिएको छ, फेरि त्यसरी रोग नभित्रियोस् भनेर नाकाहरूमा सतर्कता अपनाइएको कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिवलाल अर्यालले बताए।

नयाँ प्रजाति ‘पानामा टिआर–४० ले सबै जातका केरामा लाग्न सक्ने भएकाले देशैभरि उच्च सतर्कता अपनाइएको मन्त्रालयले बताएको छ। पानामा रोग माटोमा बस्ने ढुसी भएका कारण सर्ने गरेको छ । एक ठाउँबाट अर्को ठाउँसम्म सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट सङ्क्रमण फैलिने गर्छ र त्यसले रोग लाग्ने गरेको मन्त्रालयको सूचनामा छ ।