Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

तिला नदीमाथिको पक्की पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम गरेन्


तिला नदीमाथिको पक्की पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम गरेन्

काठमाडौं । कालीकोटको महावै गाउँपालिका जोड्ने तिला नदीमाथिको पक्की पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम सुरु नै नगरी पटक पटक म्याद थप र भुक्तानी मात्र माग्ने गरेको पाइएको छ । आर्थिक वर्ष २०७७—७८ मा ठेक्का सम्झौता भएको पुल निर्माणको डिजाइन प्रतिवेदनसमेत अझै पूरा नगरेको महादेव खिम्ती निर्माण सेवा प्रालिविरुद्ध महावै गाउँपालिका कानुनी प्रव्रिmयामा गएको छ ।

काठमाडौँको महाराजगन्जमा रहेको निर्माण कम्पनी निर्माण स्थलमै नआई सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टर नं.५ सुर्खेतलाई विभिन्न मितिमा पत्र लेख्दै पुल निर्माणमा विविध समस्या देखाएका कारण काम गर्न नसकिएको भनेर झुटा सूचना दिँदै आएको छ । कहिले अवरोध भएको, कहिले बर्सातले काम गर्न नदिएको जस्ता समस्या देखाउने उक्त कम्पनीले पछिल्लो समय गत माघ १० गते फेरि म्याद थप र भुक्तानी माग गर्दै पत्राचार गरेको छ ।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टर नं.५ सुर्खेतले निर्माण कम्पनीको पत्रको जवाफ लेख्दै हालसम्म पुल निर्माण साइटको भौतिक प्रगति कुनै पनि नभएको, यसअघि म्याद थप सम्बन्धमा कुनै निवेदन वा कागजात प्राप्त हुन नआएको, म्याद थपको कुनै फाइल पेस गरेको भए म्याद थप भए—नभएको पनि यस आयोजना कार्यालयलाई कुनै पनि जानकारी प्राप्त नभएकाले तपाईंको माग आकर्षित नहुने भन्दै निर्माण कम्पनीलाई पत्राचार गरेको छ ।