Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चोभारस्थित सुक्खा बन्दरगाहबाट निर्यात शून्य, ४७ करोड बराबरको वस्तु आयात


चोभारस्थित सुक्खा बन्दरगाहबाट निर्यात शून्य, ४७ करोड बराबरको वस्तु आयात

कीर्तिपुर । काठमाडौं चोभारस्थित सुक्खा बन्दरगाहबाट निर्यात शून्य रहेको छ । भन्सार विभागको तथ्याङक अनुसार मंसिरसम्म कुनै पनि बस्तु निर्यात नभएको जनाएको छ । सो अवधिमा ४७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार मंसिरसम्म ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबर वस्तु आयात भएको थियो । जसमध्ये चोभार सुक्खा बन्दरगाहबाट भएको आयात हिस्सा ०.०७ प्रतिशत हो । सरकारले भने, यो बन्दरगाहमा चिनियाँ नाकाबाट समेत सामान ल्याउन पाउने गरी खुला गरेको छ ।