काठमाडौं । नेपाल बीमा प्राधिकरणले पछिल्ला घटनाको क्षतिमा आउने बीमा दाबी भुक्तानी छिटो र सहज गर्न बीमा कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले बिहीबार निर्देशन जारी गर्दै देशको परिस्थिति असहज भएकाले सहज र छिटो दाबी भुक्तानी गर्न भनेको हो ।
गत सोमबारदेखि जेनजीले आन्दोलन सुरु गरेका थिए । आन्दोलनको पहिला दिन सोमबार करिब २० युवा तथा विद्यार्थीको मृत्यु भयो । त्यसपछि अक्रोशित जेनजी समूहले मंगबार देशैभरि आक्रमण, तोडफोड र आगजनी गरेको अवस्था छ ।
प्रदर्शनकारीले देशको मुख्य प्रसाशनिक केन्द्र सिंहदरबार सहित अधिकांश सरकारी कार्यलयमा तोडफोड तथा आगजनी गरेका छन् । सरकारी तथा निजी सम्पत्तिमा तोडफोड तथा आगजनीबाट अर्बौं रुपैयाँ बारबर नोक्सानी भएको छ ।
यसरी भएको क्षतिमा बिमितको धनसम्पत्ति परेको र माग दाबी आएको अवस्थामा भुक्तानी प्रक्रिया सहज र छिटो गर्न प्राधिकरणले निर्जीवन बीमा कम्पनी तथा निर्जीवन लघु बीमा कम्पनीलाई निर्देशन दिएको हो ।