Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर १ र ४ मा काँग्रेस विजयी


कीर्तिपुर १ र ४ मा काँग्रेस विजयी

काठमाडौं । कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ र ४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा  कांग्रेसका इच्छा कुमार महर्जन विजयी भएका छन् । ५ सय ६२ मतसहित उनी विजयी भएका हुन् ।

नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेका थिए ।  माओवादी केन्द्रका सरल गोपाल महर्जनले १ सय ७३ मत मात्रै प्राप्त गरेका छन् । २०७९ को निर्वाचनमा यस वडामा नेपाली कांग्रेसले जितेको  थियो ।

त्यस्तै, वडा नं.४ मा कांग्रेसका राजेन्द्र बानियाँले ११५५ मत ल्याएर जित हासिल गरेका हुन् । यसअघि सो वडामा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका थिए । २०७९ मा यस वडाबाट १३८० भोट ल्याएर स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी निर्वाचित भएका थिए । उनै श्यामकुमारसँग पराजित बानियाँ उपचुनावमा विजयी भएका हुन् ।