Tuesday, August 19, 2025

२०८२ भाद्र ३, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मनसुनका कारण तीन महिनादेखि बन्द हट एयर बलुनको उडान नियमित सुरु


मनसुनका कारण तीन महिनादेखि बन्द हट एयर बलुनको उडान नियमित सुरु

काठमाडौं,भदौ २९ । मनसुनका कारण तीन महिनादेखि बन्द भएका हट एयर बलुन फेरि सञ्चालन भएका छन्। हट एयर बलुन बिहीबार भदौ २८ बाट पुनः सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष विक्रम बाडेले बताएको छ। बलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले सेप्टेबरबाट उडानमा दुईवटा बेलुन प्रयोग गर्नेछ। साहसिक खेल रूचाउने पर्यटकको माग अनुसार थप एक वटासहित दुई वटा बलुन उडान सुरू गरिएको अध्यक्ष बादेले बताएका छन्। हट एयर बलुनमा उडेर पर्यटकले पोखराको दृश्यावलोकन गर्न पाउनेछन्।

पोखराको पामेमा सञ्चालित यो एडभेन्चरमा एक पटकको उडानका लागि आन्तरिक पर्यटकलाई नौ हजार पाँच सय रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि एक सय अमेरिकी डलर र विदेशी पर्यटकका लागि एक सय ३० अमेरिकी डलर शुल्क लाग्नेछ।करिब ६ हजार फिट माथिसम्म बलुन सयरमार्फत उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाल, पूर्ण आकारको फेवाताल, पुम्दीकोट महादेव, सराङकोट, मान्द्रे ढुंगाबाट उड्ने प्याराग्लाइडिङ र पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिने उनले बताए ।

सेवा सञ्चालनका लागि अमेरिकी र भियतनामी गरी दुई पाइलट राखेको छ। त्यस्तै, उडान भने बिहान र बेलुका गरी दुई सिफ्टमा उडान हुन्छ। ५ देखि ९ बजेसम्म र दिउँसो ३ देखि साँझ ६ बजेसम्म उडान हुने गरेको छ। पर्यटकले ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्मको दुईतर्फी यातायात सुविधा र प्रमाणपत्र प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ। यसअन्तर्गत बेलुन रिजर्भ गर्ने इच्छुकका लागि आधा घन्टाको ५५ हजार र एक घन्टाको ८० हजार रुपैयाँ शुल्क लाग्नेछ।