काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमत्री बद्रिप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजको प्राण तत्व भएको बताएका छन् । शनिबार भक्तपुरमा नेपाल संवत ११४५ को अवसरमा आयोजित कार्यक्रममा नेपालीहरूको संस्कृति, विविधतापूर्ण संस्कृति र प्रकृति हाम्रो समृद्धि, पुँजी र सम्पत्ति रहेको बताए । उनले अहिले १३१ वटा भाषा पुगेको बताए । नेपालमा १३१ वटा भाषाले बोकेको दर्शन, साहित्य, ज्ञान र यसलाई एकीकृत ढंगले कसरी जोगाउनु पर्ने उनको भनाई थियो ।
संस्कृति प्रत्येक समाजको प्राण तत्वः मन्त्री बद्रिप्रसाद पाण्डे