Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्नेः मुख्यमन्त्री चेतनारायण आचार्य


स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्नेः मुख्यमन्त्री चेतनारायण आचार्य

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने नीतिलाई प्राथमिकतामा राखेको बताएका छन् । राप्ती गाउँपालिका–४ पिरखुट्टी निवासी उद्यमी डम्बरबहादुर जिसी र राप्ती गाउँपालिकाका जनप्रतिनिधिसँगको भेटमा मुख्यमन्त्री आचार्यले स्थानीय वन, जङ्गलमा पाइने कच्चा पदार्थलाई नेपाली कागज बनाउन सदुपयोग गर्न सकिने र त्यसलाई प्रदेश सरकारले प्रवद्र्धन गर्ने बताए । उनले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गरिने बताए । सो अवसरमा उद्यमी जिसीले आफूले नेपाली हाते कागज कारखाना स्थापना गरेको र वार्षिक एक करोड बढीको कारोबार भइरहेको मुख्यमन्त्री आचार्यलाई जनाकारी दिदै, २० जनालाई प्रत्यक्ष रोजगारी दिएको बताए ।