Tuesday, August 26, 2025

२०८२ भाद्र १०, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

'ऊनको स्वीटर' को 'फूल' गीत सार्वजनिक (भिडिओ)


'ऊनको स्वीटर' को 'फूल' गीत सार्वजनिक (भिडिओ)

काठमाडौं । बुधबार प्रेम दिवसको अवसर पारेर 'ऊनको स्वीटर' फिल्ममा समावेश फूल गीत सार्वजनिक गरिएको छ। हर्क साउदको शब्द रहेको गीतमा सुजन चापागाईंको स्वर तथा संगीत छ। गीतको भिडिओलाई मोसन ग्राफिक्समार्फत प्रस्तुत गरिएको छ। मोसन ग्राफिक्सले फिल्मका मुख्य पात्रको प्रेमकथाको केही अंश प्रस्तुत गर्छ।

अभिनेता विपीन कार्की र अभिनेत्री मिरूना मगरको प्रेमिल भाव सुन्दर तरिकाले चित्रण गरिएको छ। भिडिओमा तन्नेरी अवतारमा देखिएका विपीन र मिरूना लेकको गोठमा प्रेमालाप गरिरहेका देखिन्छ। लेकको गोठ काठमाडौंमा सेट खडा गरेर तयार पारिएको हो। भारतीय मेकअप आर्टिस्ट अयाज शेख फिल्मका मेकअप आर्टिस्ट हुन्। ऊनको स्वीटर निर्देशक नवीन चौहानको पहिलो फिचर फिल्म हो।

केही दिनअघि फिल्मको पहिलो पोस्टर पनि निर्माण टिमले सार्वजनिक गरेको थियो। फिल्ममा विपीन र मिरूनासँगै माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावतीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक चौहानले नै लेखेका हुन्। चिन्तनराज भण्डारीले खिच्ने फिल्मलाई कृष्ण भण्डारीले छायांकन गर्नेछन्। वैशाखबाट छायांकनमा जाने फिल्म पाँचथरमा खिचिनेछ।