Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिले प्रतिवेदन बुझायो,समितिमा मतभेद


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिले प्रतिवेदन बुझायो,समितिमा मतभेद

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिले संसदीय लेखा समितिलाई आफ्नो प्रतिवेदन बुझाएको छ। यसअघि नै समिति सभापति ऋषिकेश पोखरेललाई बुझाइएको थियो।

आज समितिको पूर्ण बैठकमा बुझाएर अध्ययनको लागि वितरण गरिएको हो। समिति बैठकले समिति सदस्यहरूले प्रतिवेदन अध्ययन गरेपछि विस्तृत छलफल गर्ने बताएका छन्।

उपसमिति संयोजक राजेन्द्र लिङ्देनको नेतृत्वमा तयार भएको यो प्रतिवेदनले विमानस्थल निर्माणमा ठूलो अनियमितता भएको दाबी गरेको छ। प्रतिवेदनमा आयोजनाको लागत १४ अर्बबाट बढेर २२ अर्ब रूपैयाँ पुगेको र यसमा ८ अर्ब अनियमितता भएको उल्लेख छ।

साथै, ठेक्का प्रक्रिया, उपकरण खरिद र निर्माण कार्यमा थप २ अर्ब हिनामिना भएको निष्कर्ष निकालिएको छ। प्रतिवेदनको प्रक्रिया र बाहिर ल्याउने तरिकालाई लिएर समितिमा मतभेद देखिएको छ।