काठमाडौं । भारतको मध्य प्रदेशको रतलाम लक्ष्मणपुरमा बिद्युतीय स्कुटर चार्जिङ्ग गर्ने क्रममा बिष्फोट भएको छ । बिष्फोटमा परी स्थानीय ११ बर्षीया बालिका अन्तरा चौधरीको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार गए राति स्थानीय भगवती मौर्यले आफ्नो बिद्युतीय स्कुटर चार्जमा लगाएका थिए । चार्ज हुने क्रममा उक्त स्कुटरबाट एक्कासी आगोको लप्का निस्किएको थियो । विद्युतीय स्कुटीमा आगो लागेसँगै सँगै रहेको एक्टिभा स्कुटीमा पनि आगलागी भएको थियो । ति दुवै स्कुटी एकै पटक बिष्फोट बिष्फोट भएको बताइएको छ ।