Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

सुदूरपश्चिमका सात ओटै पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान


सुदूरपश्चिमका सात ओटै पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान

काठमाडौं, असोज ४। सुदूरपश्चिमका सात ओटै पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न चामल निर्यात गरिरहेको छ। सुदूरपश्चिमका पहाडी जिल्लाका डिपो र बिक्री केन्द्रका लागि चालू आर्थिक वर्षको सुरुको कोटा ४० हजार क्विन्टल चामल रहे पनि चालू आवको सुरु भएको दुई महिना भइसक्दा पनि चामल ढुवानीको ठेक्का प्रक्रिया सकिएको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख इन्जिला बस्नेतले चामल पठाउनका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको जनाउँदै हाल पछि स्वीकृत हुने र भाडा दिनेगरी आवश्यक जिल्लामा चामल पठाउने काम जारी रहेको बताए ।

कैलाली र कञ्चनपुरमा धान खरिद गरी पहाडी जिल्लामा चामल पठाउने गरिएको सुदूरपश्चिममा कर्मचारी अभावकै कारण डिपो हटाएर बिक्री केन्द्र सञ्चालन गरिएको छ । उनले केन्द्रले एक सय छ जना नयाँ कर्मचारी पदपूर्ति गरिसकेको जानकारी दिँदै चाँडै पुनः डिपो नै सञ्चालनमा आउनेमा आशावादी रहेको बताए । सुदूरपश्चिममा सबैभन्दा बढी बाजुरामा गत आर्थिक वर्षमा १७ हजार क्विन्टल चामल बिक्री भएको थियो । चालू आवका लागि १२ हजार क्विन्टल कोटा निर्धारण गरिएको छ।

उनले चाडपर्वमा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न अभाव नहुने बताएका छन् ।बैतडी र डोटीबाहेक सबै जिल्लामा खाद्यका शाखा कार्यालय छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा गत आर्थिक वर्षमा ४४ हजार क्विन्टल चामल खपत भएको थियो । पछि स्वीकृत गराउने गरी अहिले बाजुरा, डडेलधुरा, बझाङ, अछाम र दार्चुला लगायतका जिल्लामा गरी १५ हजार क्विन्टल चामल निर्यात भइसकेको उनले बताए।