Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुक्तिनाथ विकास बैंकले ग्राहक हस्पिटलको विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट


मुक्तिनाथ विकास बैंकले ग्राहक हस्पिटलको विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट

काठमाडौं, श्रावण २८ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई नवलपरासीको भुमहीस्थित रामनगर सामुदायिक हस्पिटलमा छुट प्रदान गर्ने भएको छ।

यस व्यावसायिक सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले रामनगर समुदायिक हस्पिटलको विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मिसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्थासमेत गरेको छ।