Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चितवनमा मह उत्सव


चितवनमा मह उत्सव

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म यहाँ मह उत्सव आयोजना गर्ने भएको छ ।

परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइने छ । परियोजनाले मौरीजोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ, लेबलिङ’ मा सहयोग गर्दै आएको छ ।

आर्थिक वर्ष २०७५—७६देखि चितवनमा मौरीजोन स्थापना भएको हो । नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानमा उत्साह भरेको बताए ।चितवनमा गत वर्ष आठ सय मेट्रिकटन मह उत्पादन भएको थियो ।