Thursday, June 12, 2025

२०८२ जेष्ठ ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

राष्ट्र बैंकले आज बैंकिंग प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्ने


राष्ट्र बैंकले आज बैंकिंग प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्ने

काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आज बैंकिंग प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी तीन साताको लागि एक खर्ब खिच्न लागेको हो।

अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ। राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो।

पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ। राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंकहरुले भदौ २ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्युनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन्। सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्ने छ।