Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

न्यायाधीश गिरीकी पत्नीद्वारा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास


न्यायाधीश गिरीकी पत्नीद्वारा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास

काठमाडौं। जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले सर्वोच्च अदालतपरिसरमा आत्मदाहको प्रयास गरेकी छिन् ।

वैवाहिक बलात्कार मुद्दामा आरोपित गिरीलाई थुनामा राखी कानुनी कारबाही गर्न माग गर्दै आरतीले आइतबार दिउँसो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी हुन्।

आरतीलाई तत्काल नियन्त्रणमा लिई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको थियो। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको आरोप छ। उनीमाथि कारबाहीको माग राखी आरतीले विरोध प्रदर्शन गर्दै आएकी छिन्।