Saturday, September 06, 2025

२०८२ भाद्र २१, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रदेश सचिवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


प्रदेश सचिवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । कृषिसम्बन्धि अनुदान अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन सचिवसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मधेस प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालिन सचिव डा.नम्रता सिंहसहित कृषि पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रमका संयोजक शंकर प्रसाद साह, कृषि प्रसार अधिकृत अमर चन्द्र मण्डल, अविनास कुमार झा, सहलेखापाल ब्रजेश कुमार साह, पशु चिकित्सक रंजित कुमार अधिकारी र मधेस प्रदेशका कृषि अर्थविद् विकास कुमार साहविरुद्ध मुद्दा दायर परेको हो।

त्यस्तै, सरकारसँग अनुदान लिने महोत्तरीको युवरानी मत्स्य तथा कृषि फार्मका सञ्चालक लक्ष्मी नारायण यादबविरुद्ध पनि मुद्दा दायर भएको हो ।डा।सिंह हाल लुम्बिनी प्रदेशको कृषि मन्त्रालयकी बहालवाला सचिव छिन्।

कृषि पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रम अन्र्तगत सो फर्मलाई गैरकानुनी रुपमा छनोट गरिएको र सम्झौताअनुसार काम नै नभई नक्कली कागजपत्रका आधारमा भुक्तानी दिइएको अख्तियारको दाबी छ ।