Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रास्कोट अस्पतालमा टेन्डर विधिबाट पैसा निकासा हुने भएकाले कुनै किसिमको हिनामिना भएको छैन : मुकुल ढकाल


रास्कोट अस्पतालमा टेन्डर विधिबाट पैसा निकासा हुने भएकाले कुनै किसिमको हिनामिना भएको छैन : मुकुल ढकाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्त पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकालले कालिकोटको रास्कोट अस्पताल निर्माणमा कुनै पनि भ्रष्टाचार नभएको प्रष्टीकरण दिएका छन्।

कालिकोटको रास्कोटमा अस्पताल बनाउने भन्दै आफ्नै नाममा फाउन्डेसन खोलेर रास्वपाका सभापति रवि लामिछानेले रकम संकल गरेको भन्दै समाचार बाहिरिएपछि त्यसको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले आफ्नो कुनै पनि संलग्नता नरहेको जिकिर गरेका छन्।

‘रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसन दुईवटा फरक संस्था हो। रास्कोट अस्पतालमा पैसा पुगेपछि टेन्डर विधिबाट पैसा निकासा गरिएको थियो, त्यसकारण यसमा कुनै पनि प्रकारको हिनामिनाको सम्भावना छैन’ उनले भनेका छन्।

तर, रवि लामिछाने फाउन्डेसनको पैसा हिनामिनाको शंका आफूलाई त्यतिबेला नै लागेको उनको दाबी छ। ‘मैले तत्कालीन अध्यक्ष रवि लामिछानेलाई पैसा हिनामिनाको विषयबारे लिखित जानकारी गराएको थिएँ। दुवै संस्थाको सञ्चालक समितिको सदस्यमा म थिएँ, र केही चेकमा मेरो हस्ताक्षर पनि छन्’, उनको भनाइ छ। आफूले काटेको चेक कुनै हिनामिनामा संलग्न नरहेको दाबी गरेका उनले त्यसको पूरै जिम्मेवारी लिने बताएका छन् । उनले सो सम्बन्धनमा रवि लामिछाने, डिपि अर्याल, दिपक बोहोरा, निकिता पौडेलमाथि छानबिन गर्न माग गरेका छन्।