Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालमा भारु १०० दरभन्दा ठूला नोट प्रतिबन्धित


नेपालमा भारु १०० दरभन्दा ठूला नोट प्रतिबन्धित

काठमाडौं, असोज ९। नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै नेपालमा भारतीय रुपैयाँ सम्बन्धी भएका विभिन्न व्यवस्थाहरु सार्वजनिक गरेको छ ।केन्द्रीय बैंकका अनुसार नेपालमा भारु १०० दरभन्दा ठूला दलका नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबिन्धत छ।

यसैगरी भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भारु १०० वा सोभन्दा कम दरका नोट ल्याउन ,लैजान सकिन्छ भने योभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनिचेन्जरबाट पनि लिन सक्ने व्यवस्था गरिएको छ।अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डद्वारा अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले बताएको छ।