Friday, October 17, 2025

२०८२ कार्तिक १, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण गर्दै


१२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण गर्दै

काठमाडौं, भदौ ३१। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले १२ वर्षमा २८ हजार ७१३ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य निर्धारण गर्दै कार्ययोजना बनाएको छ । जुन उत्पादनबाट सन् २०३५ सम्म भारतलाई १० हजार, बंगलादेशलाई ५ हजार निर्यात गर्ने र १३ हजार मेगावाट आन्तरिक खपत गरिने कार्ययोजनामा उल्लेख गरेको छ ।

मन्त्रालयका सह–सचिव सन्दिपकुमार देवको संयोजकत्वमा गठित कार्यदलले आर्थिक वर्ष २०७९,८० सम्ममा करिब ४५० मेगावाट, २०८०,८१ सम्म ६०० मेगावाट, २०८५र८६ सम्म ४००० मेगावाट र आर्थिक वर्ष २०९१,९२ सम्म १५ हजार मेगावाट छिमेकी देशहरुमा बिक्री गर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार छिमेकी राष्ट्रहरुमा बिक्री र आन्तरिकसहित सन् २०३५ सम्ममा कुल माग २८ हजार ७१३ मेगावाट हाराहारीमा पुग्ने उल्लेख छ । मन्त्रालयले सरकारी र निजी क्षेत्रले निर्माण गर्ने आयोजनाको समेत लागत राखेर कार्ययोजना तयार पारेको छ । आन्तरिक खपत बाहेक बाँकी १० हजार मेगावाट भारतले लैजाने र बंगलादेशलाई ५ हजार मेगावाट बिजुली बिक्रीको लक्ष्य लिएको छ ।