Wednesday, June 25, 2025

२०८२ असार ११, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

३० हजार किलो गोलभेडा फ्याँकेर आन्दोलन किन ? उपभोक्ता अधिकारकर्मी भन्छन्, यो अराजकता हो !


३० हजार किलो  गोलभेडा फ्याँकेर आन्दोलन किन ? उपभोक्ता अधिकारकर्मी भन्छन्, यो अराजकता  हो !

काठमाडौं, ३ असार । विरोधका नाममा व्यवसायीले सडकमा गोलभेडा फ्याँके पछि उपभोक्ता अधिकारकर्मीहरुले विरोध गरेका छन् । अहिलेको आर्थिक तरलताका बीचमा बजारलाई सन्तुलन बनाउनु पर्ने अबस्थामा स्वयम व्यवसायीहरु नै अराजक शैली अपनाउनु गलत भएको उनिहरुको टिप्पनी थियो । एक अधिकारकर्मीले भने, सडकमा फ्याकिएको ३० हजार किलो गोलभेडाको बजार मुल्य कति हो ? त्यसको हेक्का हुनु पर्ने होइन । अहिले बजारमा भारतीय गोलभेडा महंगोमा हुदा नेपाली उपभोत्ताले नेपाली गोलभेडानै उपभोग गर्ने हो । यसमा कुनै दुई मत छैन, तर व्यवसायीहरुले आन्दोलनका नाममा अराजक शैली देखाउन हुदैन । आइतबार बिहानै कालीमाटीमा एउटा यस्तो दृष्य देखियो जहाँ कुनै उत्सव वा उमंगको पर्व मनाइदैछ । जहाँ हजारौं किलो गोलभेडा शडकमा फ्याकेर उत्सव मनाउदैछन् । यसले सानो र निम्न बर्गीय उपभोक्तामा ठुलो मार हुन्छ । यहाँ त अधिकारको कुरा पनि जोडिएको थियो ।

ति अधिकारकर्मी यस्ता अराजक क्रियाकलाप गर्ने व्यवसायी र किसानलाई कारबाही हुनुपर्छ । व्यवसायीले बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा आज ३० हजार गोलभेडा सडकमा फ्याँकेर विरोध जनाएका छन्। आइतबार गोलभेडा व्यवसायीले बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेडा फ्याँकेका हुन्। उनीहरुले कालिमाटी तरकारी बजार क्षेत्रको गेट तथा बजारको क्षेत्रमा गोलभेडा फ्याँकेर विरोध गरेका हुन्। नेपालमा उत्पादित गोलभेडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै आइतबार किसानले टमाटर फ्याँकेका छन्। गोलभेडा उत्पादक कृषिक बरुणबहादुर रोक्काले नेपाली किसानले उत्पादन गरेको गोलभेडाले बजार मूल्य र प्राथमिकता नपरेकाले सडकमा फ्याँक्न बाध्य भएको बताए । उनले सरकारले किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुको मूल्य तोकेर सहुलियतमा उपभोक्ताले पाउनुपर्ने माग राखे । कालिमाटी बजारमा व्यवसायीले किसानसँग ८ रुपियाँ किलो किन्ने र बजारमा उपभोक्तालाई ४० रुपैयाँमा बेच्न नहुने माग छ । किसानले करिब ३० हजार किलो गोलभेंडा कालीमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको बताए। फ्याँकिएका गोलभेंडा रामकोट, नागार्जुन, थानकोट, भक्तपुरलगायत क्षेत्रमा फलेका हुन्।