Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निर्माण व्यवसायी महासंघ सरकार विरुद्ध चरणबद्ध आन्दोलनमा


निर्माण व्यवसायी महासंघ सरकार विरुद्ध चरणबद्ध आन्दोलनमा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागप्रति सरकारले कुनै सुनुवाई नगरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले १४ बुँदे माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिँदै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । आफ्ना मागका बारेमा माघ १५ गतेसम्मको अल्टिमेटमका साथ प्रधानमन्त्री, सम्बन्धित मन्त्री, प्रदेश मुख्यमन्त्री लगायतलाई ज्ञापन पत्र बुझाइने महासंघले जनाएको छ ।
माघ १५ गतेसम्म आफ्ना माग सम्बोधन नभए माघ १८ गते माइतिघरमा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरु ठप्प पार्ने महासंघले जनाएको छ ।