Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुर्घटना भएको कारबाट गाँजा बरामद


दुर्घटना भएको कारबाट गाँजा बरामद

सिरहा । सिरहामा दुर्घटना भएको कारबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । धनगढीमाई नगरपालिका १० जिरोमाइलस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटनामा परेको कारबाट गाँजा बरामद भएको हो ।

शनिबार बेलुकी ६ बजे पूर्वबाट पश्चिम दिशातिर जाँदै गरेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तर तर्फबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो । त्यसपछि खोजतलास गर्दा कारमा गाँजा भेटिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । उनका अनुसार, कारबाट पाँच वटा पोकामा १ क्विन्टल ३० किलो गाँजा बरामद भएको छ । कार र ट्रक तथा ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन् भने कारका चालक फरार भएका छन् ।

स्थानीयका अनुसार, दुर्घटनामा परेलगत्तै चालकले कारबाट गाँजा र नम्बर प्लेट झिकेर ट्याक्सीमा लोड गरेर भाग्न खोजेका थिए । त्यसपछि स्थानीयहरू नजिक आएपछि उनी सबै छाडेर भागेका थिए । यस विषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख पण्डितले जानकारी दिए ।