काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२—८३ को मौद्रिक नीतिको तयारीमा जुटेको छ । मौद्रिक नीति ल्याउने तयारीमा जुटेको राष्ट्र बैंकले राय तथा सुझाव समेत माग गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ । सोही अनुसार आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति तर्जुमाको लागि राष्ट्र बैंक जुटेको हो ।
राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीतिका लागि राय सुझाव समेत माग गरेको छ । बैंकको आर्थिक अनुसन्धान विभागमा इमेल मार्फत असार १० गतेभित्र राय तथा सुझाव पठाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।