Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सूचना प्रविधिको क्षेत्रमा पाँच वर्षमा पाँच खर्ब लगानी गर्ने गरी सरकारको कार्ययोजनाः मन्त्री गुरुङ


सूचना प्रविधिको क्षेत्रमा पाँच वर्षमा पाँच खर्ब लगानी गर्ने गरी सरकारको कार्ययोजनाः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रबाट प्राप्त हुने राजस्वको क्षेत्र व्यापक भएको बताए । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले हाल नेपालमा वार्षिक ३० अर्ब बराबरको विज्ञापन बजार भएको बताए ।

सञ्चारमन्त्री गुरुङले विज्ञापन बोर्डको स्थापनापछि विज्ञापनको कारोबारबाट वार्षिक दुईदेखि तीन अर्ब राजस्व उठ्ने गरेको बताए । उनले राजस्व बढाउन विज्ञापन नीति तथा ऐन सुधार गर्नुपर्ने जानकारी दिए । सङ्घ, प्रदेश र स्थानीय पालिकासँग समन्वय गरेर विज्ञापन बजार व्यस्थित बनाउँदा २५ देखि ३० अर्ब राजस्व उठाउन सकिने उनको भनाई छ । उनले हुलाक सेवालाई डिजिटल प्रविधिमा रूपान्तरण गरी सेवा दिने तयारीमा सरकार रहेको बताए । डिजिटल सेवा सबैभन्दा सजिलो छिटो र भरपर्दो भएकाले सबैले विश्वास गर्ने उनको भनाइ छ ।

मन्त्री गुरुङले फाइभजी सेवालाई आगामी आर्थिक वर्षदेखि विस्तारको सुरुवात गर्ने बताए । उनले पहिलो चरणमा काठमाडौँ उपत्यकाबाट सेवा सुरु गर्ने जानकारी दिए । हालको नीतिले सूचना प्रविधिको क्षेत्र विस्तारका लागि समस्या देखिएको बताए ।

मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा पाँच वर्षमा पाँच खर्ब लगानी गर्ने गरी सरकारको कार्ययोजना रहेको बताए । सरकारले सञ्चार क्षेत्रसँग सम्बन्धित नीति नियम बलियो बनाएर देश र जनताको हितमा संस्थागत प्रयोग गर्ने उनको भनाइ छ ।