Thursday, October 16, 2025

२०८२ आश्विन ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उपभोक्तामाथिको १० प्रतिशत कर छुट गर्न महासंघको आग्रह


उपभोक्तामाथिको १० प्रतिशत कर छुट गर्न महासंघको आग्रह

काठमाडौं । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल, नवलपुरले उपभोक्तामाथि लगाइएको १० प्रतिशत कर छुट गराई दिन वन मन्त्रालयलाई आग्रह गरेको छ।

मध्यविन्दु हरियाली सामुदायिक वन उपभोक्ता समूहको आठौं साधारण सभामा उपस्थित हुन कावासोती आई पुगेका गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापालाई वनको कार्यालयमै ज्ञापन पत्र बुझाउँदै महासंघले उपभोक्तामाथि लगाईंदै आएको १० प्रतिशत कर व्यवहारिक तथा न्यायोचित नदेखिएको भन्दै कर छुट गरिदिई सहज वातावरण सिर्जना गरिदिन आग्रह गरेको हो।

महासंघका अध्यक्ष मधुविलास अधिकारी, मध्यविन्दु हरियाली सामुदायिक वनका अध्यक्ष तेजबहादुर केसी, उपाध्यक्ष, कृष्णकुमार गिरी लगायतले मन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै कर छुटका लागि आग्रह गरे ।