Tuesday, June 24, 2025

२०८२ असार १०, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अधिकांस पालिकाहरुले बजेट सार्वजनिक गर्दै


अधिकांस पालिकाहरुले बजेट सार्वजनिक गर्दै

काठमाडौं । अधिकांस पालिकाहरुले मंगलबार बजेट सार्वजनिक गर्दैछन् । असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार पालिकाहरुले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।

केही पालिकाहरुले भने यसअघि नै बजेट ल्याइसकेका छन् । स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्थाअनुसार हरेक वर्ष असार १० गतेभित्र पालिकाहरुले आर्थिक वर्षको राजस्व र व्यय ९बजेट०को अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्छ ।

बजेटमाथि कार्यतालिका बनाई १५ दिनभित्र गरेपछि सभाले बजेट पारित गर्न वा सुझावसहित कार्यपालिकामा पठाउन   सक्नेछ । सुझावसहित प्राप्त भएको बजेटमाथि कार्यपालिकाले पुनःविचार गरी आवश्यक परिमार्जनसहित वा परिमार्जन गर्नुपर्ने नदेखिएमा कारणसहित सभामा पाँच दिनभित्र पुनः पेश गर्नुपर्ने हुन्छ । यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ ।