Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ईयूकी प्रमुख उर्सुला भनिन् अमेरिकी करको बदला लिने योजना छ


ईयूकी प्रमुख उर्सुला भनिन् अमेरिकी करको बदला लिने योजना छ

एजेन्सी । युरोपेली सङ्घ (ईयू) की प्रमुख उर्सुला भन डेर लेयनले आवश्यक भएमा अमेरिकी करको बदला लिने योजना ईयूसँग रहेको बताए । लेयनले यो हप्ता लागू हुने अमेरिकी करहरूको ‘वार्ता समाधान’ का लागि ईयूले अझै आशा गरेको तर आवश्यक परेमा जवाफी कारबाही गर्न ‘सबै उपकरण टेबलमा रहेको’ बताएको एएफपीले जनाएको छ ।

युरोपेली संसद्को सत्रमा ईयू प्रमुख लेयनले आफूहरू वार्ताका लागि खुला रहेको तर आवश्यक परेमा बदला लिने आफूहरूको बलियो योजना रहेको बताए । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशविरुद्ध आज राति जतिसक्दो चाँडो करहरूको नयाँ समूह घोषणा गर्ने तयारी गरेको खबरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको आक्रामक कर रणनीतिले विश्वव्यापी व्यापार युद्धको डर बढाइरहेको छ । चीन, क्यानडा र ईयूजस्ता प्रमुख व्यापारिक साझेदारहरूको प्रतिशोधको शृङ्खला प्रतिक्रियाको जोखिम उत्पन्न गर्दैछ । जनवरीमा ट्रम्प सत्तामा फर्किएपछि ईयू पर्सि बिहीवारदेखि लागू हुने अटो आयातमा २५ प्रतिशत करसहित धेरै अमेरिकी कर घोषणाद्वारा प्रभावित भइसकेको छ ।