Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै विद्युत् उत्पादन


मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै विद्युत् उत्पादन

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्द्रबाट अहिले ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो ।

लामो समयदेखि सुक्खायाम हुँदा नदीमा पानीको बहाव कमी भएकाले उत्पादन घटेको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताए । अहिले ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिए । केन्द्रमा २३-२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । यो केन्द्र सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । यो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाण्डौ स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडेर वितरण हुँदै आएको छ ।