Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वीरगन्जमा प्रहरीद्धारा २ राउन्ड हवाई फायर र १२५ राउन्ड अश्रुग्यास प्रहार,कर्फ्यु आदेश जारी


वीरगन्जमा प्रहरीद्धारा २ राउन्ड हवाई फायर र १२५ राउन्ड अश्रुग्यास प्रहार,कर्फ्यु आदेश जारी

काठमाडौं । हनुमान जयन्तीको शोभायात्राका क्रममा तनाव सिर्जना भएपछि वीरगन्जमा प्रहरीले २ राउन्ड हवाई फायर र १२५ राउन्ड अश्रुग्यास प्रहार गरेको खुलेको छ । घण्टाघरदेखि दक्षिणतर्फ वीरगन्ज—३ छपकैयास्थित श्रीराम चोक पुगेर फर्किने क्रममा शोभायात्राका सहभागीमाथि अज्ञात समूहले ढुंगा हानेको थियो ।

त्यसपछि तितरवितर भएका सहभागीले टायर बालेर प्रदर्शन गरे भने पसलका फर्निचर निकालेर जलाएका थिए । अवस्था तनावग्रस्त बनेपछि नियन्त्रणका लागि २ राउन्ड हवाई फायर र १२५ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको एसपी गौतम मिश्रले बताए । सो क्रममा मिश्र र सशस्त्र प्रहरीका डीएसपीसहित २५ जना सुरक्षाकर्मी र करिब एक दर्जन स्थानीय बासिन्दा घाइते भएका छन् ।

अहिले वीरगन्जमा कर्फ्यु लागिसकेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बेलुका ६ः३० बजेदेखि भोलि मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको मुख्य बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । हनुमान जयन्तीका अवसरमा प्रत्येक वर्ष यहाँ शोभायात्रा हुने गरेको छ ।