Sunday, August 17, 2025

२०८२ भाद्र १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रि ओपन सेसनमा नेप्से परिसूचक बढ्यो


काठमाडौं । शेयर कारोबार हुने साताको मध्यतिर बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार १७.६९ अंक बढेर २०१५.९८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८१ अंक बढेर २०१६.७९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ । बुधबार प्रि ओपन सेसनमा १६ स्टकको ८१ हजार २२६ रुपैयाँ १० पैसाबराबरको २२३ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।