Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ईन्द्रजात्राको अक्षयकोष १५ करोड पुर्‍याउने, जात्रालाई भव्य र सभ्य बनाउन पर्यटनमन्त्रीको आह्वान


ईन्द्रजात्राको अक्षयकोष १५ करोड पुर्‍याउने, जात्रालाई भव्य र सभ्य बनाउन पर्यटनमन्त्रीको आह्वान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले इन्द्रजात्राको अक्षयकोष १५ करोड रुपैयाँ पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । इन्द्रजात्राको तयारीबारे सोमबार सरोकारवालासँग छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको समेत जानकारी दिँदै उनले इन्द्रजात्रासँग सरोकार विषयमा अन्तर मन्त्रालय र तीनवटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताए ।

उनले जात्राका अवसरमा विगतमा देखिएका कमी–कमजोरी सच्याएर भव्य, सभ्य रूपमा सफल पार्न आह्वान गरे ।