Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभाश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर २२ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले पुस ४ गते विहान ११ बजे २२ औ साधारणसभा बोलाएको छ। सभामा लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.०१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.३५९९ प्रतिशत बोनस शेयर रहेको छ भने ०.६५०५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ।

१२.३५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४५ करोड पुग्नेछ। यसैगरी सभामा अन्य लघुवित्तसँग मर्जरमा जानको लागि बाटो खुल्ला गर्ने प्रस्ताव समेत अघि सारेको छ।

एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्नको लागि आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ।