Friday, June 13, 2025

२०८२ जेष्ठ ३१, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बर्दिबासका रेल्वे पीडित आन्दोलनका लागि काठमाडौँमा


बर्दिबासका रेल्वे पीडित आन्दोलनका लागि काठमाडौँमा

काठमाडौं । बर्दिबासका रेल्वे पीडित आन्दोलनका लागि काठमाडौँमा आएका छन् । बुधबार रेल्वे पीडितहरू पुनः विभागमा आएर धर्ना दिएका हुन् । यससँगै रेलवे कम्पनीका पूर्वमहाप्रबन्धक गुरुप्रसाद भट्टराईको नेतृत्वमा विभागका महानिर्देशकसँग छलफल भएको थियो । उक्त छलफलमा महानिर्देशकले आयोग बनाएर पीडितका समस्या सम्बोधन गर्ने तयारी भइरहेको जनाएको उनिहरुको भनाई छ ।

उक्त छलफलबाट कुनै निष्कर्ष भने आउन नसकेको पीडितहरुले बताएका छन् । बैठकबाट निष्कर्ष आउन नसकेपछि बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग छलफल गर्ने निर्णय भएको रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले जानकारी दिए । १४ परिवार लालपुर्जा नभएको जग्गाको मुआब्जा पाउने आसामा लामो समयदेखि आन्दोलनरत छन् ।