Saturday, June 21, 2025

२०८२ असार ७, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

झन्डै ४० हजार जनप्रतिनिधिलाई कसरी पाल्ने ? अध्यक्ष राजेन्द्र लिङदेन


झन्डै ४० हजार जनप्रतिनिधिलाई कसरी पाल्ने ? अध्यक्ष राजेन्द्र लिङदेन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले अहिले देशमा भइरहेको जनप्रतिनिधि देशले धान्न नसक्ने बताएका छन् । विद्यार्थीसँग विचार विमर्श कार्यक्रममा बोल्दै उनले झन्डै ४० हजार जनप्रतिनिधि देशमा रहेको भन्दै धान्न नसक्ने उनको भनाई छ ।

उनले भने, ‘तीन तहको संरचना छ, भारतको एउटा प्रान्त जस्तो जनसङ्ख्या छैन । यति धेरै जनप्रतिनिधिको सङ्ख्या छ । वडा सदस्यदेखि लिएर राष्ट्रपति, उपराष्ट्रपतिमात्रै होइन, पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई समेत जनताको कर र विदेशीसँग ऋण लिएर तलबभत्ता खुवाएर पाल्नुपरेको छ । यस्तो व्यवस्थालाई देशको अर्थतन्त्रले धान्न सक्दैन ।’

उनले राज्य संरचना, निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने बताए । देशमा भ्रष्टाचार भए पनि अख्तियार, अदालत सबैतिर पार्टीको कार्यकर्ता भर्ती केन्द्र भएकै कारणले रोक्न नसक्ने उनको भनाइ छ ।

अध्यक्ष लिङदेनले भने, ‘अख्तियारमा नेताले नियुक्ति गरेका मान्छे हुन्छन्, न्यायाधीश पनि नेताहरूले भागबन्डा गर्छन्, जिल्लाको न्यायाधीशको अगाडि राम्रो बहस गर्न जानेको हुँदैन, एउटा पार्टी पक्रेर सर्वोच्चको न्यायाधीश भइदिन्छ । अनि त्यो न्यायाधीशले आफूलाई नियुक्ति गर्नसक्दैन । त्यसैले नेता र व्यवस्था नै परिवर्तन गर्नुपर्छ ।’