Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रेमिट्यान्स बचत मुद्दती खातामा जम्मा गरेमा थप एक प्रतिशत ब्याज


रेमिट्यान्स बचत मुद्दती खातामा जम्मा गरेमा थप एक प्रतिशत ब्याज

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत मुद्दती खातामा जम्मा गरेमा कम्तीमा एक प्रतिशत थप ब्याज प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेको राष्ट्र बैङ्कले बताएको छ । बैङ्किङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैङ्क तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत मुद्दती खातामा जम्मा गरेमा कम्तीमा एक प्रतिशत थप ब्याज प्राप्त हुने भएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको बैङ्किङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स रकमलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन र बचत गर्ने बानीलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैङ्कले सार्वजनिक अपिल गरेको छ ।वित्तीय चेतनाका लागि भन्दै राष्ट्र बैङ्कले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स रकमलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन र बचत गर्ने बानीलाई प्रोत्साहन गरी पुँजी निर्माणको कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको बैङ्किङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैङ्क तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत मुद्दती खातामा जम्मा गरेमा कम्तीमा एक प्रतिशत थप ब्याज प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेको राष्ट्र बैङ्कले बताएको छ । रेमिट्यान्स रकम स्वदेश पठाउँदा सजग भई औपचारिक माध्यमबाट मात्र पठाउनुका साथै आफूले दुःखले आर्जेको रकम योजनाबद्ध रूपले बचत गर्ने गर्नुपर्ने राष्ट्र बैङ्कले बताएको छ ।