काठमाडौं । चीन–सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत रामेछाप लिखु तामाकोशीका गा.पा. वडा लाल बहादुर श्रेष्ठ, बारा फेटाका मुन्ना ठाकुर, बझाङका लोकेन्द्र बोहोरा वेपत्ता भएका छन् । त्यस्तै, बाढीले ६ जना चिनियाँ नागरिक वेपत्ता भएका छन् ।
त्यस्तै, बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्दीराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र वि.क, कन्टेनर चालक फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ वेपत्ता भएको प्रहरीले जनाएको छ । सबै निर्माणाधिन हाइड्रोपावरमा काम गर्ने कामदार हुन ।
रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आउदा चार वटा हाइड्रोपावरमा क्षति भएको छ । बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावर रहेका छन् ।