Friday, June 13, 2025

२०८२ जेष्ठ ३१, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शेयर बजार आज पनि घट्यो


शेयर बजार आज पनि घट्यो

काठमाडौं । बिहिबार शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ०८ अङ्कले घटेर २ हजार ६ सय ५५ दशमलव ३८ विन्दुमा झरेको   छ । आज फाइनान्स, होटल, जलविद्युत् र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र व्यापार समूहको शेयर १ प्रतिशतले ओरालो लागेको छ । आज गुँरास लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन प्योर इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका २ करोड ८६ लाख कित्ता शेयर १२ अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ ।