Sunday, September 07, 2025

२०८२ भाद्र २२, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चार महिनामा १ खर्ब ५७ अर्ब विदेशी मुद्राको सञ्चिति थपियो, अर्थतन्त्र जस्ताको त्यस्तै


चार महिनामा १ खर्ब ५७ अर्ब विदेशी मुद्राको सञ्चिति थपियो, अर्थतन्त्र जस्ताको त्यस्तै

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिना ९गत साउन देखि कात्तिकसम्म० १ खर्ब ५७ अर्ब ४२ करोड रुपैयाँ विदेशी मुद्रा (विनिमय) सञ्चिति थपिएको छ । नेपाल राष्ट्र बैंकको बिहीबार सार्वजनिक मासिक प्रतिवेदनअनुसार गत असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति कात्तिकसम्म आइपुग्दा १०.२ प्रतिशतले बढेर १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा गत कात्तिकसम्म ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा गत कात्तिक मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई १४ खर्ब ९० अर्ब ८३ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक बाहेक सँग रहेको विदेशी विनिमय सञ्चिति ०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत कात्तिक मसान्तमा ६.४ प्रतिशतले वृद्घि भई २ खर्ब ५ अर्ब ९५ करोड कायम भएको छ ।

गत कात्तिकसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । उल्लिखित विदेशी मुद्रा सञ्चितिले ११।३ महिनाका लागि आयात धान्न पुग्ने राष्ट्र बैंकले दाबी गरेको छ ।