Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

माग २ अर्ब तर, ७२ करोड सहमतिमा टुंगियो, लिनदिन नपर्ने गरी मिलापत्र


माग २ अर्ब  तर,  ७२ करोड सहमतिमा टुंगियो, लिनदिन नपर्ने गरी मिलापत्र

काठमाडौं । मिटर ब्याज सम्बन्धी जाँचबुझ आयोगले हालसम्म फर्छ्यौट उजुरीबाट कुल १ अर्ब ८ करोड ८८ लाख ९० हजार ४ सय ७३ रुपैयाँ लेनदेन कारोबार भएको जनाएको छ ।

आयोगका अनुसार साहुले १ अर्ब ९७ करोड ३७ लाख ३७ हजार ८ सय ७४ माग गरेका थिए । यसमध्ये कुल ७२ करोड ७ लाख ९ हजार ६ सय ८६ रुपैयाँमा दुवै पक्ष बीच सहमतिमा टुंगिएको छ । यो रकम अनुचित लेनदेनको परिभाषा भित्र नपर्ने, आपसी सहमतिमा मिलापत्र गर्न निवेदन फिर्ता लिएको, निवेदकले निवेदन फिर्ता लिएको, लिनदिन नपर्ने गरी मिलापत्र भएको हो ।

आयोगका अनुसार अदालतमा मुद्दा रहेको तथा फैसला समेत भइसकेको, जग्गा खरिद बिक्रीसम्बन्धी कारोबार भएको देखिएको, साहुद्वारा मिनाहा गरिएको लगायतका कारणबाट दुवै पक्षबीच लिनदिन नपर्ने गरी सहमति तथा फर्छ्यौट भएको तथा बाँकी उजुरी लिनदिन पर्ने गरी सहमतिमा टुंगिएको हो । यसैगरी ५५ विघा ८ कट्ठा ९ धुर जग्गा समेत साहुबाट निवेदकलाई फिर्ता गराइएको छ ।

आयोगले २२ जिल्लामा उजुरी नभएको तथा टुंगिएको जनाएको छ । यसमा ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, म्याग्दी, पाल्पा, गुल्मी, रुकुम पूर्व, डोल्पा, हुम्ला, मुगु, दैलेख, रुकुम पश्चिम, बाजुरा, बझाङ, दार्चुला, अछाम, बैतडी र डोटी छन् ।