Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एडीबीका नयाँ अध्यक्ष मासातो कान्दाले कार्यभार सम्हाले


एडीबीका नयाँ अध्यक्ष मासातो कान्दाले कार्यभार सम्हाले

एजेन्सी । एसियाली विकास बैंक (एडीबी)का ११ औं अध्यक्षका मासातो कान्दाले सोमबारबाट औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । कान्दाले मासात्सुगु आसाकावापछि अध्यक्षका रूपमा पदभार सम्हालेका हुन् । उनले अन्तर्राष्ट्रिय वित्त र विकास नीतिमा झन्डै चार दशक लामो अनुभव बटुलेका छन् ।

उनले जापानको अन्तर्राष्ट्रिय मामिलासम्बन्धी वित्त उपमन्त्रीका रूपमा पनि काम गरेका थिए । त्यस क्रममा बजारलाई स्थिरता दिने गरी इन्नोभेटिभ फाइनान्सियल सोलुसन र नीतिगत कदम चाल्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको एडीबीले जनाएको छ । पदभार ग्रहणपछि कान्दाले एडीबी अध्यक्षको भूमिकामा आउन पाउँदा गर्व महसुस गरिरहेको बताएका छन् ।

हाम्रो क्षेत्रका लागि यो एक महत्वपूर्ण समय हो, ६९ सदस्य राष्ट्रहरूको विश्वास र समर्पित कर्मचारीहरूको समर्थनले मलाई एडीबीको दिगो, समावेशी र उत्थानशील विकासलाई प्रवर्द्धन गर्ने दायित्व पूरा गर्ने प्रेरणा मिलेको छ, उनले भनेका छन्,विकासका चुनौतीलाई आपसी सहयोगमार्फत सामना गर्दै एडीबीलाई उत्कृष्ट क्षेत्रीय साझेदारका रूपमा कायम राख्नेछौं ।

कान्दाले एडीबीको संस्थागत विशेषज्ञतालाई प्रयोग गरी साझेदारसँग मिलेर सबैभन्दा धेरै आवश्यकतामा रहेका समुदायका लागि रूपान्तरणकारी परिवर्तन गर्ने प्रतिबद्धता जनाएका    छन् ।