Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सूर्यदर्शन सहकारीको रकम ठगी आरोपमा प्रहरी कष्टडीमा रहेका अध्यक्ष नेपाली २० लाख धरौटीमा रिहा


सूर्यदर्शन सहकारीको रकम ठगी आरोपमा प्रहरी कष्टडीमा रहेका अध्यक्ष नेपाली २० लाख धरौटीमा रिहा

काठमाडौं । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश कृष्णजंग शाहको इजलासले उनलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो । धरौटी माग गरेपनि उनले धरौटी बुझाएका छैनन् ।

धरौटी नबुझाएपछि उनलाई अदालतले नियमाअनुसार थुनामा राख्न पत्र पठाएको छ । नेपाली हाल बागलुङ कारगारमा छन् । उनलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउन आदेश दिएको  थियो । सोही आदेशअनुसार कारागार पठाइएको हो ।

उनीविरुद्ध कास्की अदालतमा इमेज सहकारी ठगी प्रकरणको पनि मुद्दा छ । उनलाई आइतबार उपस्थित गराउने पत्र पठाइएको कास्की जिल्ला अदालतले जनाएको छ ।