Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पाथीभरा केबलकार निर्माण विवादः वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान हुन्छः गृहमन्त्री


पाथीभरा केबलकार निर्माण विवादः वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान हुन्छः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको बताएका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा गृहमन्त्री लेखकले केबलकार निर्माणको क्रममा देखिएका समस्या समाधान गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आन्दोलनत पक्षसँग पटक पटक वार्ता गरेको समेत बताएका हुन् ।

‘ताप्लेजुङको पाभिरा मन्दिर निर्माणका क्रममा देखिएका विवाद र समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको छ । सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहन्छ,’ गृहमन्त्री लेखकले भने ।

आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ छ ।