Friday, September 05, 2025

२०८२ भाद्र २०, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अविरल वर्षाका कारण देशभरका विभिन्न सडकहरू अवरुद्ध


अविरल वर्षाका कारण देशभरका विभिन्न सडकहरू अवरुद्ध

काठमाडौं । मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण देशभरका विभिन्न सडकहरू अवरुद्ध भएका छन् । सडक विभागका अनुसार शनिबार बिहानदेखि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहानदेखि अरनिको राजमार्गको धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड अवरुद्ध भएको जनाएको छ ।

उक्त स्थानमा सडक क्षति पुगेकाले मर्मत गर्ने फिलिङ गर्ने काम भइरहेको विभागले जनाएको छ । यो राजमार्ग अवरुद्ध हुँदा चीनसँगको तातोपानी नाका जोड्ने यातायात प्रभावित भएको छ । यसैगरी शुक्रबारदेखि बागलुङको निसीखोला–७ स्थित भूमिथान खोलामा सडक अवरुद्ध हुँदा कक्रहवा भारत सीमा–रुद्रपुर, सालझण्डी–सन्धिखर्क–देवीस्थान र बूर्तीवाङ–ढोरपाटन सडक खण्डमा यातायात ठप्प भएको छ ।

साथै काभ्रेपलान्चोकको बनेपा नगरपालिका ४ र १ को सीमा जोड्ने पुल शुक्रबार राति भाँचिएपछि नाला–च्यामासिङ सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । यसैगरी वर्षातका कारण देशका विभिन्न ६७ स्थानमा पहिरो जाँदा सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन् ।

यसले गर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको छ भने यातायात व्यवस्थापनमा चुनौती थपिएको छ । विभागले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी राखेको जनाएको छ ।