Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रधानमन्त्री ओलीले भनेः १८ महिनापछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्छु


प्रधानमन्त्री ओलीले भनेः १८ महिनापछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारदिने चीन भ्रमण पुरागरि स्वदेश फर्किए लगत्तै काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । उनले आफूले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए ।

आज चीन भ्रमणबाट फर्किएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले प्रधानमन्त्रीको कार्यकाल कति लम्बियो भनेर प्रश्न गर्दा उनले डेढ वर्षसम्म देउवाले सरकार चलाउने र ०८४ को चुनाव पनि उनैले गराउने बताए ।

पछिल्लो समय एमाले—काँग्रेसको सत्ता समीकरणमा तिक्तता आएको भन्दै दुरी बढीरहेको देखिन्छ । प्रधानमन्त्री ओलीले आफूहरुबीच चुनावसम्मको मात्र सहमति भएको प्रष्ट पारेका हुन । चुनावमा बहुमत ल्याउन कोसिस गर्ने र बहुमत नआए सरकार गठनका अरु विकल्पमा जाने योजना सुनाए ।