Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारमाथि खनिए ओली, सुन प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन नहुँदासम्म पछि नहट्ने (पूर्णपाठसहित)


सरकारमाथि खनिए ओली, सुन प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन नहुँदासम्म पछि नहट्ने (पूर्णपाठसहित)

काठमाडौं, श्रावण २८ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सय किलो सुन प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समितिको माग सुन्नासाथ तर्सिने गरेको बताएका छन्। आइतबार एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उक्त पत्रकार सम्मेलनमा ओलीमार्फत प्रेषित प्रेस वक्तव्यमा भनिएको छ, सुन तस्करी प्रकरणमा सरकार जरासम्म पुग्नुको साटो टुप्पोटुप्पो मात्रै हेरेर बसेको उनको आरोप छ। इलेक्ट्रिक सिगरेट (भेप) मा सुन तस्करीको विषयमा नाम जोडिएका केही व्यक्तिमाथि सोधपुछ समेत नगरिएकोप्रति उनले असन्तुष्टि जनाएका छन्। सम्मेलनमा अध्यक्ष ओलीले मन्त्रीको राजीनामाको विषय उठाएपछि कांग्रेस सांसद सुनील शर्मालाई सरकारले पक्राउ गरेको दाबी गरे।