काठमाडौं । बन्दीपुर भ्रमण वर्ष—२०२५ को सुरुवात गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजार घुम्न आउने पर्यटकलाई गाउँसम्म पुर्याउन सुरु गरिएको यस महोत्सवको भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले बुधबार एक कार्यक्रमकोबिच उद्घाटन गरे ।
पहाडकी रानी उपनामले चिनिएको बन्दीपुर बजारमा मात्रै पर्यटक केन्द्रीत भएकोले त्यसको लाभ गाउँसम्म पुर्याउने प्रमुख उद्धेश्यले भ्रमण वर्ष सुरु गरिएको गाउँपालिकाले जनाएको छ । घुम्न आउने पर्यटकलाई बन्दीपुर बजार मात्रै नभई गाउँमा रहेका पर्यटकीय स्थलको अवलोकनको लागि अङ्ग्रेजी नयाँ वर्ष देखि सुरु गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।
बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैस गुरुङले बन्दीपुरमा बन्दीपुर बजार मात्रै नभई दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, रामकोट, धरमपानी लगायतका होमस्टे, रानीवन मणिमुकुन्दसेन दरबार स्थल, थानीमाई लगायतका थुप्रै पर्यटकीय स्थल भएपनि प्रचार प्रसार हुन नसकेकोले भ्रमण वर्ष सुरु गरिएको दिए । बन्दीपुरमा वार्षिक रुपमा डेढ लाख पर्यटकले बास बस्ने गरेकोमा त्यसलाई दुई लाख पुर्याउने लक्ष्य राखिएको छ ।