Tuesday, September 02, 2025

२०८२ भाद्र १७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संसदीय छानविन विशेष समितिद्धारा गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वसंचालक जोशीसँग शोधपुछ


संसदीय छानविन विशेष समितिद्धारा गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वसंचालक जोशीसँग शोधपुछ

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वसंचालक छविलाल जोशीसँग शोधपुछ गरेको छ । समितिले गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वसंचालक जोशी सँग बाहिर आएका विषयमा शोधपुछ गरेको समितिका सभापति सूर्य थापाले जनाएका छन् । समितिले विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा कम्पनीका तत्कालीन पदाधिकारीहरूको खातामार्फत् गएको देखिएपछि उनीहरूलाई बोलाएर सोधपुछ गरिरहेको छ। समितिको ४२ औं बैठकमा गोरखा मिडिया प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रोडक्सन प्रालिका सञ्चालकसमेत रहेका रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यसँग सोधपुछ गरेको थियो।